प्रदेश २ मा आज प्रदेश सभा बैठक बस्दै

प्रदेश २ मा आज प्रदेश सभा बैठक बस्दै

धनुषाः प्रदेश नम्बर २ मा आज प्रदेश सभा बैठक बस्ने भएको छ। आज दिउँसो १ बजे बैठक बस्ने भएको हो। 

आजको बैठकमा सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

यस्तै सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेश गर्नेछन्।

यसअघि बसेको प्रदेश सभा बैठकले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ स्वीकृत गरेको थियो।

पुष ११, २०७८ आइतबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।