माओवादीको आठौं महाधिवेशन: ३ बजेलाई सर्‍यो उद्घाटन सत्र

माओवादीको आठौं महाधिवेशन: ३ बजेलाई सर्‍यो उद्घाटन सत्र

काठमाडौंः नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजबाट सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र आज दिउँसो ३ बजेका लागि तय गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

यसअघि १ बजे पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशनको उद्घाटन गर्ने भनिए पनि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने र अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि बोलाइने भएकाले महाधिवेशनको समय दुई घण्टा धकेलिएको हो। 

माओवादीले चिनियाँ क्रान्तिका नायक मात्सेतुङको १२९औं जन्मजयन्तिको अवसरमा महाधिवेशन आयोजना गर्न लागेको हो। 

पुष ११, २०७८ आइतबार ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।