कांग्रेसका आठ सहमहामन्त्रीलाई सानेपामा एउटा मात्र कोठा

कांग्रेसका आठ सहमहामन्त्रीलाई सानेपामा एउटा मात्र कोठा

काठमाडौंः नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्रीहरू पार्टी कार्यालय सानेपामा एउटै कोठामा भेटिने भएका छन्। १४औं महाधिवेशनले निर्वाचित गरेको ८ जना सहमहामन्त्रीहरूलाई सानेपामा एउटा कोठा मात्र छुट्याइएको छ। 

नेपाली कांग्रेसको नवनिर्वाचित सहमहामन्त्रीहरूमा जीवन परियार, बद्री पाण्डे, किशोरसिंह राठौर, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय 'डिना', उमाकान्त चौधरी र फरमुल्लाह मन्सुर रहेका छन्। उनीहरू आठै जनाले अब एउटै कोठाबाट कार्यसम्पादन गर्ने भएका छन्।

हिजो महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठकले नेताहरूको वरियतासँगै कार्यकक्षको पनि टुंगो लगाएको थियो। सो क्रममा सहमहामन्त्रीहरूको कार्यकक्ष एउटै कोठामा राखिएको हो। 

 

पुष ११, २०७८ आइतबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।