माओवादीको राष्ट्रिय सम्मेलन आजबाट, महाधिवेशनमा रूपान्तरण गरिने

माओवादीको राष्ट्रिय सम्मेलन आजबाट, महाधिवेशनमा रूपान्तरण गरिने

काठमाडौंः नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ। सम्मेलनको सबै तयारी पूरा भइसकेको बताइएको छ भने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरिने भएको छ। 

शनिबार बसेको स्थायी कमिटीको बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव गरेको हो। यद्यपि, सो प्रस्तावलाई अनुमोदन गर्न बाँकी नै रहेको छ। आइतबार बस्ने केन्द्रीय कमिटी बैठकले यसलाई अनुमोदन गर्ने बताइएको छ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई आठौँ महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताएका थिए। माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज दिउँसो १ बजे सम्मेलनको उद्घाटन गर्नेछन्। 

पुष ११, २०७८ आइतबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।