भोइसमा प्रस्तोता सुशीलले एकाएक प्रविशाको हनिमुनको प्रसङ्ग ल्याएपछि

भोइसमा प्रस्तोता सुशीलले एकाएक प्रविशाको हनिमुनको प्रसङ्ग ल्याएपछि

काठमाडौँ : टप १६ मा छानिनका लागि द भोइस किड्समा अहिले प्रतिस्पर्धा चलिरहेको छ। हरेक टिममा ६ जना प्रतियोगी छन्। हरेक टिमबाट ४-४ जना मात्र अगाडि बढ्न सक्छन्।

शुक्रवारबाट कोच राजु लामा र कोच मिलनका प्रतियोगीले गीत गाइरहेका छन्। टिम मिलनबाट गीत गाउनेक्रममा संयोग घिमिरेले कोचको हात समातेर नचाएपछि माहौल रमाइलो बनेको थियो।

उनले 'तीतो भो करेली' बोलको गीत गाएका थिए। गीत गाउँदै उनी स्टेजबाट तल झरेर कोच मिलन भए नजिक पुगे र हात दिए।

गोल्डेन कलरको ड्रेसमा रहेकी मिलनले उनको नाच्ने आग्रह स्वीकार गर्दै कुर्सीबाट तल आइन्। उनी नाच्न भने नाचिनन्। थपडी मार्दै साथ दिइन् उनलाई।

कार्यक्रम सञ्चालक सुशील नेपाल संयोगलाई जिस्काउँदै आइपुग्छन् स्टेज कता हो भन्दै। सपनामा धेरै देख्ने कोच आँटै गरेर हात समातेको हो भन्छन्। उनले नि हो भनिदिन्छन्

उनले पहिल्यैको तयारी हो कि गीत गाउँदा गाउँदै मिलनलाई नाच्न अफर गरेको भनेर सोध्छन्।

उनले गाउँदा गाउँदै हो भन्छन्। कार्यक्रम हल हाँसोले भरिन्छ। सुशील अझै जिस्काउने मुडमै थिए। भने' आँट्या हो केटाले।'

मिलन र कोच प्रविशा नजिकै थिए। सुशीलले सोधे' मिलनको हात समातेपछि प्रविशालाई नि तानौँ, तानौँ लागेन?'

उनले भने' लाग्यो।' किन नताकेको भन्ने जिज्ञासामा उनले भने' मिलन म्यामलाई तानिसकेको थिए।'

प्रविशालाई सोधे' तानेको भए आउनुहुन्थ्यो?' उनले भनिन्' आउँथे नि। तर तानेनन्। तर मलाई हेरिराख्या थिए।'

कोच प्रमोदले घरीघरी मिलन र प्रविशातिर हेरिरहेको भन्दै सुशील अब उतातिर लागे। उनले सबैलाई हेरिराखेको भनेर प्रश्न टार्न खोजे।

सुशील रोकिएनन्। ' प्रविशा पनि भर्खर हनिमुनबाट फर्किएको हो।'

एक्कासि हनिमुनतिर पुगेपछि प्रमोद सोध्छन्' प्रविशा हनिमुनमा गएको तिमिले कसरी थाहा पायौँ?' सबै हान्छस्। सुशील च्याट गर्थ्यौ नि भन्छन्।

चारै जना कोचले संयोगको प्रस्तुतिको प्रशंसा गर्छन्। प्रमोदले त आफू बच्चामा संयोगजस्तै भएको भन्दै कपाल आफ्नो जस्तै पाल्नु ल भन्छन्। आज्ञाकारी भएर उनले नि हस् भन्छन्।

पुष १०, २०७८ शनिबार २२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।