फिल्म ८३ मा चलेन रणवीर-दीपिकाको जादु
एजेन्सी : फिल्म अनि क्रिकेट भनेपछि भारतीय नागरिक भुतुक्कै हुन्छन् भनिन्छ। जब यी दुवै एकैसाथ आउँदा त धमाका हुनुपर्ने हो। १९८३ को क्रिकेट वर्ल्ड कपमाथि बनेको फिल्म ८३ प्रतीक्षारत फिल्मको सूचिमा थियो।
रणवीर सिंह अनि दीपिका पादुकोणको अभिनय रहेको यो फिल्मलाई समीक्षकहरूले प्रशंसा गरेका थिए। कपिल देव बनेका रणवीरको अभिनयको पनि तारिफ भएको थियो।
तर फिल्म रिलिज भएपछि त्यो क्रेज दर्शकमा देखिएन। बक्स अफिस कलेक्सन निकै सुस्त देखियो फिल्मको। पहिलो दिन १५ करोड कलेक्सन हुने आस गरेको निर्माण टिम निराश भयो। पहिलो दिन साढे १२ करोड मात्र कलेक्सन भयो।
कबिर खानले निर्देशन गरेको फिल्मलाई बढ्दै गएको कोरोना सङ्क्रमणको प्रभाव पारेको आङ्कलन गरिएको छ। केही राज्यमा बेलुका कर्फ्यु लागेकाले समेत त्यसको प्रभाव फिल्मको व्यापारमा परेको देखियो।
पुष १०, २०७८ शनिबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।