सन्नी लियोनीलाई देश निकाला गर्ने धम्की, भिडियो प्रतिबन्ध गर्न माग
एजेन्सीः पोर्न इण्डस्ट्री हुँदै बलिउड प्रवेश गरेकी नायिका सन्नी लियोनीले अभिनय गरेको गीत 'मधुवनमे राधिका नाचे'को भिडियोलाई प्रतिबन्ध लगाउन माग गरिएको छ। भारत उत्तर प्रदेशको मथुरामा रहेका साधुहरूले यो गीतको भिडियोलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्।
वृन्दावनका साधु नवल गिरी महाराजले सरकारलाई सो भिडियोविरुद्ध कारबाही अघि बढाउन माग गरेका छन्। उनले सन्नी लियोनीलाई कारबाही र भिडियोलाई प्रतिबन्ध नलगाए आफूहरू अदालत जाने बताएका छन्। उनले सन्नीको सीन नहटाए वा उनले माफी नमागे उनलाई देश निकाला गर्ने पनि बताइएको छ।
हिन्दूहरूको धार्मिक भावनामा ठेस पुगेको भन्दै भिडियो प्रतिबन्ध लगाउन माग गरिएको हो। मधुवनमे राधा नाचे बोलमा राधालाई गलत ढंगले देखाइएको भन्दै उनीहरूले विरोध गरेका हुन्।
सन् १९६० को चलचित्र 'कोहिनूर'मा मोहम्मद रफीले गाएको गीतको यो 'रिक्रिएटेड भर्जन' हो।
पुष १०, २०७८ शनिबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।