बागमती प्रदेश: तीन मन्त्री र तीन राज्यमन्त्रीको शपथपछि क्याबिनेटले पायो पूर्णता
मकवानपुरः बागमती प्रदेशमा आज नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले पद र गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राज्यमन्त्रीलाई शपथ गराएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आज भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले शपथ लिएका हुन्।
यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि शपथ लिएका हुन्।
योसँगै बागमती प्रदेशको क्याबिनेटले पूर्णता पाएको छ। १४ जना मन्त्रीसहित प्रदेश मन्त्री र राज्यमन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ।
पुष ९, २०७८ शुक्रबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।