एमाले रुपन्देहीको जिल्ला अधिवेशन पुस २३ मा
बुटवल : एमाले रुपन्देहीको जिल्ला अधिवेशन पुस २३ मा हुने भएको छ। शुक्रवार बुटवलमा भएको नियमित जिल्ला भेलाले पुस २३ गते भैरहवा रहेको गणतान्त्रिकता सभा गृहमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।
भेलालाई संशोधन गर्दै एमाले केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले अबको आवश्यकता एकता रहेको बताए। उनले कम्युनिस्ट पार्टीहरूको बिचमा एकता आवश्यक रहेको भन्दै सर्वसम्मतता नयाँ नेतृत्व चयन गरेर पार्टीले नयाँ सन्देश दिनुपर्ने बताएका थिए।
भेलालाई भोज प्रसाद श्रेष्ठ, भुमिश्वर ढकाल लगायतका नेताहरूले संशोधन गरेका थिए। पार्टीका प्रचार विभाग प्रमुख मोहन चापागाईँले पुस २३ र २४ मा सिद्धार्थ नगरको गणतान्त्रिक हलमा गर्नै निर्णय सहित एमाले रुपन्देहीको बैठक सम्पन्न भएको जानकारी दिए।
पुष ९, २०७८ शुक्रबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।