बलिउड २०२१ का दस अभिनेत्री : को हिट, को फ्लप ?

बलिउड २०२१ का दस अभिनेत्री : को हिट, को फ्लप ?

काठमाडौं : सन् २०२१ मा बिलउडका दिग्गज अभिनेत्रीको अवस्था कस्तो रह्यो? को हिट भए, को फ्लप ? भारतका विभिन्न समाचार एजेन्सीहरुले अभिनेत्रीको अवस्थाबारे वर्षभरिको लेखाजोखा गरेका छन्।

क्याटरिना कैफ :  सन् २०२१ ले क्याटरिना कैफको जिन्दगी नै मोडिदियो। वर्षको अन्त्यमा उनले अभिनेता विक्की कौशलसँग विवाह गरिन्। यतिमात्र होइन, यो वर्ष क्याटरिनाको करिअरका लागि पनि निकै सुखद सावित भयो। उनले अभिनय गरेको फिल्म 'सूर्यवंशी' बक्स अफिसमा सुपरहिट सावित भयो। यो फिल्म फिल्ममध्ये सर्वाधिक कलेक्सन गर्ने फिल्म सूर्यवंशी बन्न सफल भयो।

सोनाक्षी सिन्हा : बलिउड अभिनेत्री सोनाक्षीका लागि वर्ष सुखद रहन सकेन। 'भुज द प्राइड अफ इन्डिया' नामक फिल्ममा देखिएकी सोनाक्षीको यो फिल्म सुपर फ्लप भयो। फिल्ममा उनको भूमिका पनि निकै कमजोर थियो।

तापसी पन्नु : भनिन्छ, तापसी पन्नु दमदा/ भूमिका हुनुपर्ने सर्तमा मात्र फिल्ममा काम गर्छिन्। यो वर्ष 'रश्मी रकेट' मा सशक्त अभिनय गरेर उनले आफूलाई अब्बल सावित गरेकी छिन्। उनले 'हसिन दिलरुबा' नामको थ्रिलर फिल्ममा पनि काम गरिन्। 'एनाबेल राठौर' नामक दक्षिण भारतीय फिल्ममा पनि काम गरिन्। समग्रमा यो वर्ष तापसीका लागि सफल रह्यो।

कृति सेनन : सन् २०२१ मा कृति सेननका दुई वटा फिल्म रिलिज भए- 'मिमी' र 'हम दो हमारे दो'। यी दुवै फिल्मले उनको ख्यातिलाई थप बढाएका छन्। उनले मिमीमा निकै राम्रो अभिनय गरिन्। एक्टिङको रुपमा उनको यो अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन हो।

प्रियंका चोपडा : विवाहपछि प्रियंकाले भारतमा निकै कम मात्र समय बिताउने गरेकी छिन्। यो वर्ष नेटफ्लिक्समा आएको 'द ह्वाइट टाइगर' फिल्ममार्फत उनले आफ्नो अभिनयले दर्शकलाई प्रभाव पार्न सफल भएकी छिन्।

कंगना रनौट : यो वर्ष कंगना बढी बोलेका कारण चर्चामा रहिन्। उनले जे मनमा आयो त्यही बोलिन्। यसका उनले घाटा समेत व्यहोर्नुपर्यो । फिल्ममा भने उनी 'थलाइवी' मा जयललिताको भूमिकामा देखिइन्। उनको अभिनयमा कुनै खोट थिएन।

विद्या बालन : सन् २०२१ मा विद्या फिल्म 'शेरनी' मा देखिइन्। यो फिल्ममा उनले आफ्ना भूमिका सानदार ढंगले निर्भाह गरेकी थिइन्। उम्दा अभिनयका कारण यो फिल्मबाट विद्याले पुरस्कार पाउने चर्चा समेत बलिउडमा छ।

ज्याकलिन फर्नान्डिस : यो वर्ष ज्याकलिनले फिल्म 'भूत पुलिस' मा अभिनय गरिन्। तर उनको चर्चा भने फिल्मका कारणभन्दा पनि सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण भयो। उनीहरुबीचको निकटताले ज्याकलिन अहिलेसम्म पनि समस्यामा छिन्।

परिणिती चोपडा : यो वर्ष परिणितीका तीन वटा फिल्म 'द गर्ल अन द ट्रेन', सन्दीप और पिंकी फरार' तथा 'साइना' रिलिज भए। तीनै वटा फिल्ममा उनले सानदार अभिनय गरिन्। तर पनि हुनुपर्ने जति चर्चा उनको बारेमा नभएको फिल्म समीक्षकहरुले बताएका छन्।

वाणी कपुर : फिल्म 'बेल बटम' मा पनि वाणी कपुरले सानो र महत्वहीन भूमिका निभाइन्, जसरी अरु केही फिल्ममा निभाएकी थिइन्। तर 'चण्डीगढ करे आशिकी' फिल्ममा भने उनलाई राम्रो मौका मिल्यो र उनले त्यसको फाइदा उठाइन् पनि। यही फिल्मबाट वाणीले आवश्यक परे राम्रो अभिनय गर्न सक्ने देखाइदिइन्।

पुष ९, २०७८ शुक्रबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।