प्रदेश २ अधिवेशन : संसदीय दलका नेतालाई पराजित गर्दै रामकृष्ण सभापतिमा निर्वाचित
जनकपुर : नेपाली कांग्रेस २ संसदीय दलका नेता पार्टीको प्रदेश सभापति पदमा पराजित भएका छन्। संसदीय दलका नेता रामसरोज यादव रौतहटका जिल्ला सभापति रामकृष्ण यादवसँग पराजित भएका हुन्।
सभापति शेरबहादुर देउवाको समर्थनमा सभापति लडेका रामकृष्णले विमलेन्द्र निधि र शेखर कोइरालाको समर्थनमा उम्मेदवारी दिएका रामसरोजलाई पराजित गरेका हुन्।
राम सरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै कृष्णप्रसाद सभापतिमा निर्वाचित भएका हुन्। १ हजार ८८१ मत मध्ये रामकृष्णले ९९६ मत ल्याए भने रामसरोजले ८ सय ५५ मत पाएका छन्।
पुष ९, २०७८ शुक्रबार ०८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।