रजतपटविरुद्ध नायिका वर्षाको उजुरी, प्रकाश सुवेदीले कार्यक्रम बन्द गर्ने घोषणा गरे

रजतपटविरुद्ध नायिका वर्षाको उजुरी, प्रकाश सुवेदीले कार्यक्रम बन्द गर्ने घोषणा गरे

काठमाडौँ : आफूले किनेको अपार्टमेन्ट उपहारमा पाएको भन्दै समाचार प्रसारण भएकोमा रिसाउँदै नायिका वर्षा सिवाकोटीले नेपाल प्रेस काउन्सिलमा उजुरी हालेकी छिन्। उनले एपिवान टेलिभिजनबाट प्रसारण हुने फिल्मी सम्बन्धी विवादित कार्यक्रम रजतपट विरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी हालेकी हुन्।

उनले आफैँले किनेको अपार्टमेन्ट अरू कसैबाट उपहार पाएको भन्दै आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै उनले उजुरी दिएकी हुन्। उनले इन्ट्रोनेपालसँग कुरा गर्दै यस विषयमा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीलाई टेक्स्ट गरेको तर उनले केही उत्तर नदिएपछि आफू निकट केहीसँग सल्लाह गरेर कानुनी उपचार खोज्न उजुरी दिएको बताइन्।

उनले कुनै प्रमाण नै नभई रेको आधारमा समाचार बनाएर प्रसारण गरेकाले उजुरी दिएको बताइन्। आफूले धेरै सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको तर कामको प्रशंसा हुनुको साटो उल्टै आलोचना भएकोमा उनले दुख जनाइन्। नभएको कुरा आएकाले आफूलाई चित्त नबुझेको उनले बताइन्। गसिपको नाममा सिरियस सामाग्रीलाई समाचार बनाउँदा विचार गर्नुपर्ने उनले बताइन्।

उनको कार्यक्रमविरुद्ध यस अगाडि पनि पटक-पटक उजुरी परेको छ। उनले कार्यक्रम चलाउने एपिवानमै उनी विरुद्ध उजुरी परेपछि केही समय उनको कार्यक्रमको प्रसारण समेत रोकिएको  थियो। उनले बिहीबारको कार्यक्रममा उनले धम्कीपूर्ण मेसेज आएको र आफूले गसिपको रूपमा छ्यापछ्याप्ती भएका सामाग्रीलाई प्रसारण गरेको दाबी गर्दै उनले अब २८ अङ्कपछि रजतपट आफैँ बन्द गर्ने घोषणा गरेका थिए। उनले कार्यक्रममा भने' रजतपट बन्द गराउन हिड्नुपर्दैन। ७८ अंक प्रशारण भयो। अब २८ अंक झेल्नुस् न।'

पुष ८, २०७८ बिहीबार २२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।