आमिर र 'दङ्गल गर्ल' फातिमाको विवाहको तस्बिर भाइरल भएपछि
यो बिचमा आमिर र फातिमाको विवाहको तस्बिर भन्दै एक तस्बिर सामाजिक सञ्जालमा फैलियो। सेतो कुर्तामा आमिर छन्। अनि गोल्डेन सारीमा फातिमा। यसलाई दुवैले विवाह गरेको प्रमाणमा रूपमा सामाजिक सञ्जालमा भाइरल बनाइयो।
तर पछि यो तस्बिर नक्कली रहेको पुष्टि भयो। यो तस्बिर आमिर र फातिमाको नभई आकाश अम्बानी र श्लोका मेहताको इन्गेजमेन्टको थियो। त्यही फोटोलाई कसैले इडिट गरेर आमिर र फातिमाको टाउको राखिदिएर सञ्जालमा भाइरल बनाइदिए। त्यसपछि आमिरले तेस्रो विवाह गरेको हल्ला फैलियो सञ्जालमा।
पुष ८, २०७८ बिहीबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।