मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
उनले दुई हजार ३०६ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा आफ्नो स्थान पक्का गरेका हुन्। गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन्। वाग्लेले दुई हजार ७२० मत प्राप्त गरेका छन्।
यसअघि कर्णाली प्रदेशको नेतृत्त्व गरिरहेका अर्का मुख्यमन्त्री जीवनबहादुर शाही कांग्रेसको सहमहामन्त्रीमा पराजित भएका थिए।
यता निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले आफू युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताएका छन्।
पोखरेल यसअघि पनि पार्टीको १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
पुष ७, २०७८ बुधबार ०९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।