नेतालाई सडकमै कुर्सी, कार्यकर्तालाई चिसो भुईँ 

नेतालाई सडकमै कुर्सी, कार्यकर्तालाई चिसो भुईँ 
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : अमेरिकी सहायता परियोजना सम्झौता एमसीसीको विरोधमा प्राय दिनहुँ विरोध प्रदर्शन हुन थालेको छ। 

एमसीसीको विरोधमा राजनीतिक दल, विभिन्न समूह लगायतले मान्छे जम्मा गरेर नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

मोहन वैद्यको क्रान्तिकार माओवादी, सिपी मैनालीको नेकपा माले लगायतका कम्युनिस्ट पार्टीले एमसीसी नेपालको कार्यालय घेराउ गर्नेदेखि सडकमा प्रदर्शन समेत गरिरहेका छन्। 

संयुक्त विरोध प्रदर्शनका क्रममा नेपाल कम्युनिस्ट पार्टीले मंगलबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्यो। राष्ट्रिय स्वाधीनता रक्षा गरौँ, राष्ट्रघाती एमसीसीको विरोध गरौँ, नो एमसीसी जस्ता नारा लगाउँदै गरेको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भयो। 

बानेश्वरको सडकमा नेतालाई बस्न कुर्सीको व्यवस्था थियो भने कार्यकर्ता सडकको चिसो भुईँमा पलेटी कसेर बसे। निधारमा ‘नो एमसीसी’ लेखिएको कालो रिबन बाधेका कार्यकर्ताले नेताहरूको भाषणमा थपडी बजाए।

पुष ६, २०७८ मंगलबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।