खोप अभियान प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
कोरोनाविरुद्धको विशेष खोप अभियानबारे सात वटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँग सोमबार सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताएर
उनले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि एवं सरोकारवाला जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले कोरोनाविरुद्धको बुस्टर डोज लगाएमा तेस्रो भेरियन्ट पनि घट्न सक्ने विज्ञले बताइरहेकाले सबैलाई पूर्ण मात्रामा खोपको सुनिश्चितता गर्न सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राजनीतिक दललगायत सबैमा अपिल गरे।
पुष ५, २०७८ सोमबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।