जब 'पुष्पा'ले अर्जुनकुमारको सातो उडायो

जब 'पुष्पा'ले अर्जुनकुमारको सातो उडायो

उनलाई बिचरा भन्न कलाकार दिपकराज गिरी भने आइपुगेका थिए। तर उनले पनि आफ्नो पालामा नबोलेको भनेर उल्टै भडास पोखेर गए।

अहिले पुष्पाले नेपालबाट सोहोर्नुसम्म पैसा सोहोरेको छ। हलिउड फिल्म 'स्पाइडर म्यान: नो वे होम'ले पनि भक्कु दर्शक तानिरहेको छ।

कोभिडअघि नै प्रर्दशन मिति तोकिएको भए पनि फिल्म चपली हाइट ३ भने डराएर सरेको सर्यै छ। पुस २ बाट 'स्योर' प्रदर्शन हुने भन्दै प्रचारप्रसार थाले पनि बीचमा 'पुष्पा' छिरेपछि अर्जुनकुमारको सातो उडेको थियो। अन्ततः पुष्पा र स्पाइडर म्यानसँग अर्जुनकुमारको केही चलेन। पुस १५ मा चलचित्र प्रदर्शनको नयाँ मिति तोकियो। 

हुन त पत्रकार सम्मेलनमा 'आफ्नो सामान गतिलो भए बेच्न डराउनु पर्दैन' भन्ने तर्क पनि नउठेका हैनन्। तर अर्जुनकुमारले आफ्नै फिल्मलाई आफैंले गतिलो मान्न सकेनन्। बरू ठूलो स्वरमा विदेशी फिल्मबाट आफू डराएको स्वीकार गरे। 

यता चलचित्रको कलाकार पनि टिकटकमा सधैं देखिरहने र म्युजिक भिडियोमा आइरहने अनुहार। त्यसमाथि पैसा खन्याएका निर्मातालाई नै कमसल लागेको सामान। अनि को जाओस् पैसा तिरेर ३ घण्टा बर्बाद गर्न! 

कि कसो अर्जुनकुमार?

पुष ५, २०७८ सोमबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।