चीनबाट १२ लाख मात्रा खोप लिएर आएको विमान चीन नै फर्कियो
एशियाली विकास बैंकको सहयोगमा चीनबाट ल्याउन लागिएको भेरोसेल खोप सो विमानमा थियो। आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले भोलि पुनः खोप लिएर सो विमान आउने जानकारी दिए।
आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप पनि नेपाल आउन लागेकोे छ। कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने छ।
पुष ५, २०७८ सोमबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।