टिपर र ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु
रौतहटः जिल्लाको फतुवा विजयपुर नगरपालिका-११ हिमालीबासमा गए राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकल चालक स्थानीय ५० वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
गए राती सवा ९ बजे ना८ख ४२०२ नम्बरको टिपरले बा३०प ८११५ नम्बरको मोटसाइकललाई ठक्कर दिएको थियो। टिपरसहित चालकलाई ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाले नियन्त्रणमा लिएको छ।
यस्तै हिजो साँझ संखुवासभाको सभापोखरी गाँउपालिका-१ तल्लो धुपुमा ट्याक्टरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय निशान राई रहेका छन्।
प्रदेश१-०२-००३त १२२९ नम्बरको ट्याक्टरले हिजो साँझ साढे ५ बजे उनलाई ठक्कर दिएको थियो। ट्याक्टरसहित चालकलाई प्रहरी चौकी धुपुले नियन्त्रणमा लिएको छ।
पुष ५, २०७८ सोमबार ०९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।