मौसम अपडेट: तराईमा हुस्सु, पहाडमा आंशिक बदली

मौसम अपडेट: तराईमा हुस्सु, पहाडमा आंशिक बदली

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा आंशिक बदली हुने जनाएको छ। हाल नेपालका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लाग्न थालेको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति भने देशभरि आंशिक बदली  रहनेछ। 

यस्तै महाशाखाले तराईका भूभागहरूमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

पुष ५, २०७८ सोमबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।