पुष्पा फिल्मबाट हटाइयो अल्लु अर्जुन र रश्मिकाको रोमान्टिक सिन
एजेन्सीः चलचित्र 'पुष्पा' अब नयाँ भर्जनमा प्रदर्शनमा आउने भएको छ। नयाँ भर्जनमा नायक अल्लु अर्जुन र नायिका रश्मिका मण्डनाको रोमान्टिक सिन हटाइने भएको छ।
कोरोना महामारी यताकै सबैभन्दा आक्रामक व्यापार गरेको चलचित्र पुष्पाले पहिलो दिन नै ८३ करोडको कमाइ गरेको थियो। तर प्रदर्शनमा आएको चौथो दिन नै पुष्पको केही सिन भने अब हट्ने भएको छ।
सिन हो- अल्लु अर्जुन र रश्मिका मण्डनाको रोमान्सको। पुष्पा राज (अल्लु) र श्रीवल्ली (रश्मिका) एउटा कारभित्र रोमान्स गरिरहेका हुन्छन्। त्यही दौरान पुष्पाले श्रीवल्लीको स्तनमा छुन्छ। र त्यसैबारे कुरा गर्छ।
परिवारसहित चलचित्र हेर्न गएका दर्शकलाई भने यो दृश्य पचेन। उनीहरूले विरोध जनाए। र हाल निर्माण टीमले यो सिन हटाउने निर्णय लियो। यति मात्र होइन, चलचित्रमा भएका अन्य सिनमा पनि सेन्सर गरिने भएको छ।
यता आजै सोमबारबाट चलचित्रको ट्रिम्ड भर्जन प्रदर्शनमा आउनेछ।
पुष ५, २०७८ सोमबार ०८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।