नायक सलिनमान प्रेमिका अस्प्रिनासँग बिहेको तयारीमा

नायक सलिनमान प्रेमिका अस्प्रिनासँग बिहेको तयारीमा

काठमाडौँ : बलिउडमा मात्रै हैन यता कलिउड भनिने नेपाली फिल्मी क्षेत्रमा पनि विवाहको लहर चलेको छ। भर्खरै प्लेब्याक सिङगिङमा जमेकी गायिका प्रनिशा अधिकारीले विवाह गरिन्। त्यो भन्दा अगाडि अभिनेत्री रेश्मा घिमिरेले विवाह गरेकी थिइन्।

केही विवाहको क्युमै छन् त्यहीमध्ये हुन् नायक सलिनमान बनियाँ अनि अस्प्रिना श्रेष्ठ। यसो त यी जोडी उपहारले चर्चामा छन्। सलिनले प्रेमिका अस्प्रिनालाई महँगो कारै उपहार दिएको चर्चा फिल्मी बजारमा आयो। उता मुम्बईतिर त यस्ता कुरा सामान्य नै हो नि। करोडौको फ्ल्याटै उपहार दिएको समाचार आए पनि हो र भनेर आश्चर्य मान्नुपर्ने अवस्था छैन।

तर नेपालमा नायकले कति नै कमाउँछन् र। २० औँ लाखको गफ दिए पनि कतिले पत्याउनु। त्यसमा पनि कोरोनाले कलाकार बेरोजगार भएको बेलामा कार उपहार भन्दा आश्चर्य मान्नु स्वाभाविकै त हो।

अहिले आएर यी दुवैको विवाहको चर्चा भइरहेको छ। यी दुवै प्रेम सम्बन्धमा रहेको पनि ८ वर्ष जति भइसक्यो। यी दुवैले आफ्नो प्रेम सम्बन्ध लुकाएका पनि छैनन्। सलिनमानले इन्टाग्राममा माइलाइफ भन्दै दुवैको फोटो सेयर गरिरहेका हुन्छन् नै।

अहिले यी दुवैको परिवारबिच भेटघाट भइरहेको तस्बिर बाहिरिएकाले विवाहको तयारी भइरहेको देखिन्छ। अनि पारिवारिक भेटको तस्बिर अरूले हैन अस्प्रिनाले नै इन्स्टाग्राममा शेयर गरेकी हुन् नि। नेपालमा छोरी या छोराको प्रेमी या प्रेमिकाको परिवारसँग विना प्रयोजन भेट्ने कल्चर त अझैँ बसेको छैन क्या बलिउडमा जस्तो।

अस्प्रिना पेसाले इन्टरनेशनल मेकअप आर्टिस्ट हुन्। सलिनमानले फिल्म ‘ए मेरा हजुर–२’ बाट डेब्यु गरेका थिए।

पुष ४, २०७८ आइतबार १९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।