सामुदायिक वनमा फेला परेको शव: नग्न अवस्थामा रुखमा बाँधिएको र घाँटी रेटिएको

सामुदायिक वनमा फेला परेको शव: नग्न अवस्थामा रुखमा बाँधिएको र घाँटी रेटिएको

धनगढीः कैलालीमा एक युवकको विभत्स हत्या भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या भएको हो।

वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँटी रेटर टाउको अलग पारिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

'जंगलमा घाँटी रेटेको अवस्थामा शव फेला परेको छ। शनिबार बिहान साथीसँग जान्छु भनेर  घरबाट निस्केका रहेछन्’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘विभत्स अवस्थामा उनी मृत फेला परेका छन्। हामी घटनाको अनुसन्धानमा छौं।'

अधिकारीका अनुसार दासको शव रुखमा बाँधेर नग्न अवस्थामा फेला परेको थियो। अधिकारीले भने,'घटनाबारे केही क्लू फेला परेको छ।' घटनापछि अडियो कल बाहिरिएको छ।

पुष ४, २०७८ आइतबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।