२३९३ मत गन्दा शशांक १९७१ मतसहित पहिलो नम्बरमा
काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको लागि मतगणना जारी छ। हालसम्म २३९३ मत गनिसकिएको छ।
शशांक कोइराला १९७१ मतसहित पहिलो नम्बरमा रहेका छन्। उनलाई १५५८ मत प्राप्त गरेका एनपी साउदले पछ्याइरहेका छन्। उदयशम्शेर राणाले १४४५ मत प्राप्त गरेका छन्। त्यस्तै १३८३ मतसहित अर्जुननरसिंह केसी प्रतिस्पर्धामा छन्। गृहमन्त्री बालकृष्ण खाँणले १५०७ मत प्राप्त गरेका छन्।
नेता रमेश लेखकले १४५१ र रामहरि खतिवडाले १३९५ मत प्राप्त गरेका छन् ।
कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यका लागि ९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। यीमध्ये ३५ जना मात्र निर्वाचित हुनेछन्।
पुष ४, २०७८ आइतबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।