द भोइसमा प्रविशालाई फ्लट गर्न प्रतियोगीले नि छाडेनन्

द भोइसमा प्रविशालाई फ्लट गर्न प्रतियोगीले नि छाडेनन्

काठमाडौँ : द भोइस् किड्सकी जज प्रविशा अधिकारीको फ्यान फलोइङ राम्रो छ। गीत मीठो गाउने उनको गलाको पारखी हुनु सामान्य नै हो। अब मन पर्नेलाई यसो फ्ल्ट गर्नु पनि नाजायज त हैन नै। तर द भोइसकै प्रतियोगीले फ्लट गर्दा चैँ अलि कस्तो-कस्तो लाग्ने रैछ।

प्रसङ्ग शनिवार प्रसारण भएको द भोइसको ब्याटलको अन्तिम एपिसोडको। ब्याटलको नियम अनुसार तीन जना आफ्नै प्रतियोगीबिच प्रतिस्पर्धा गराउनेक्रममा कोच मिलनले मैदानमा उतारिन् पवन अधिकारी, शुभम् निरौला अनि संयोग घिमिरेलाई। गीत दिइन् नवीन के भट्टराइको' मलाई यो के भयो, सपनीमा तिमिलाई नै देख्छु।'

गजब गाए तीनै जनाले। चारै जना जजले उठेर सम्मान गरे। प्रस्तुतिबारे प्रतिक्रिया लिनु अगाडि प्रतियोगीको स्टेजको हाउँभाउँ भन्दै प्रस्तोता सुशीलले पवनलाई जिस्काए' सपनिमा देख्छु भन्दै दुवै कोचतिर हात देखाउँदै थियौ त कसलाई देख्छौ?'

उनले भने 'प्रविशा र मिलन म्यामलाई।'
'कति देख्छौ '
'हरेक दिन'
'प्रविशाको त बिहे भइसक्यो त '
पवन भन्छन्' दुख लाग्यो।'

जिस्कनेक्रम जारी रहन्छ। सुशील रोकिनेवाला छैनन्। सोध्छन्' प्रविशाले प्रपोज गरे के गर्छौ?' पवन हतपत भन्छन्' एसेप्ट गर्छु नि।'
प्रश्नोत्तर रमाइलो भइरहेको थियो।
प्रविशाले भन्छिन्' म पनि अधिकारी हो। भाइ हौ।'
पवनले भन्छन्' म बाहुन। तपाईँ क्षेत्री।'

प्रविशाले आफू पनि बाहुन अधिकारी भएको बताउँछिन्। कोच प्रमोद पनि मिसिन्छन् ' म पूर्वको हो केही मिल्दैन भनिदेउ न' भन्दै।

रमाइलो माहौल सकियो। अब मिलनले तीनमध्ये एक जना छान्नुपर्ने भयो। उनले संयोग घिमिरेलाई छान्छिन्। अन्य २ बाहिरिएकोमा कोच राजुले अन्तिम स्टिल अधिकार प्रयोग गर्दै शुभमलाई आफ्नो टिममा ल्याउँछन्।

राम्रो गाए पनि पवन लाइभ राउन्ड अगाडि नै कार्यक्रमबाट बाहिरिन्छन्। यस्तै हो रियालिटी शो। सधैँ रियल प्रतिभा छानिन्छन् भन्ने हुन्न। भ्युअर्सलाई तान्न सक्ने अनि भोट खन्याउन सक्ने पनि हुनैपर्छ।

शनिवार चारै जना कोचले ६-६ जना प्रतियोगी छानेका छन् अब यही २४ जना लाइभ राउन्डमा गएका छन्। यी मध्ये नै पहिलो द भोइस किड्सको विजेता हुनेछन्। तर विजेता बन्न अझै टन्नै राउन्ड पार गर्न बाँकी छ।

पुष ३, २०७८ शनिबार २३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।