बाटोमा लडेर वडा सदस्यको मृत्यु
रुकुमपूर्वः जिल्लाको सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको बाटोमा लडेर मृत्यु भएको छ। छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा बाटोमा लडेका ४४ वर्षीय पुनको मृत्यु भएको हो।
बिहीबार बिहान रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए।
मृतक पुनको शुक्रबारैै छिपतरास्थित सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ।
पुष ३, २०७८ शनिबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।