द भोइसमा कोच प्रमोदको पारै खतरा

द भोइसमा कोच प्रमोदको पारै खतरा

काठमाडौँ : बालबालिकाको गायन सम्बन्धी रियालिटी कार्यक्रम द भोइस् किड्सको अहिले ब्याटल राउन्ड चलिरहेको छ। एकै टिमका ३ प्रतियोगीले गाउने र ती मध्ये एक छानिने। कोचका लागि कठिन राउन्ड।

यस्तो राउन्डमा पनि कोच प्रमोद चैँ बाठा छन्। टक्क मीठो गाउने छान्न सिपालु छन्। अब रियालिटीमा बढी नाटक गरेर हुने के नै हो र! कोच मिलन मिहेनत गर्छिन्। तर प्रतियोगी छान्दा भावुक हुन्छिन्। भावनाले यो पाली उनले गलत प्रतियोगी छान्न पुगिन्।

कोच प्रविशाको अवस्था चैँ बाठो खान्छ तीन बल्ड्याङ भनेझैँ देखिन्छ। कोच राजुको छनौटको आधार उनले मात्र बुझ्न सक्छन्।

पहिलो प्रस्तुति कोच राजुको थियो।इप्सिचुप चाम्लिङ, प्राप्ति निरौला र हितेश राईको प्रस्तुति। तीनैले राम्रो प्रयास गरे। स्वर र लयमा प्राप्ति राम्रो सुनिएकी थिइन्। 'उकाली ओराली गर्दै' बोलको गीतमा छानिए चाम्लिङ।

अन्य कोचले प्रतिभा देखे हितेशमा। कोच मिलन र प्रमोदले स्टिल गर्न चाहे। सदिक्षाले भो झगडा नगरौँ भनिन्। दुवैको छनौट हितेश भए। उनले छाने कोच मिलनलाई। गायनको कुरा अब गायकै जानुन्। भोलिका एपिसोडमा छनौट कति राम्रो देखिन्छ नै।

गायनको जज गर्ने अनेक पक्ष हुन्छन् नै। एउटा प्रमुख पक्ष स्वर र लय नै हो। तर खै यो ब्याटलमा स्वर पनि राम्रो अनि लय समातेका प्रतियोगी बाहिरिई रहेका छन्। कोच प्रमोदका हकमा भने दर्शकको छनोट र उनको छनोट मिलेका छन्। उनी भावनामा कम प्रतिभामा बढी फोकस देखिएका छन्। 

पुष २, २०७८ शुक्रबार २३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।