१३ वर्षपछि आउँदै अवतारको सिक्वेल, ३० अर्बभन्दा बढी लगानी
एजेन्सीः सन् २००९ मा रिलिज भएको चर्चित फिल्म अवतारको सिक्वेल आउने भएको छ। फिल्म २०२२को डिसेम्बर १६ का लागि प्रदर्शन मिति तोकिएको छ।
भिएफएक्स र एनिमेशनले भरिएको फिल्ममा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ। फिल्ममा अन्डरवाटर दृश्यहरू रहेका छन्। लगानीको हिसावले यो चलचित्र हालसम्मै सबैभन्दा महँगो फ्रेन्चाइज हो।
चलचित्रको पहिलो भाग रिलिज हुनुअगावै निर्देशक जेम्स क्यामरुनले यसको दोश्रो भाग पनि बनाउने घोषणा गरेका थिए।
अवतार २ मा केट विंसलेट, साम वर्थिङ्गटन, जोई सल्दाना, स्टीफन लङ्ग, विन डिजल, एडी फाल्को, क्लिफ कर्टिसको अभिनय रहेको छ।
पुष २, २०७८ शुक्रबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।