सोमबार २५ फागुन, २०८२
राष्ट्रिय सभाका २० सदस्य बिदा हुँदै, निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान
काठमाडौंः निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन गर्ने पनि तय गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै आयोगले पुस १० गतेभित्र दल दर्ता गर्न आह्वान गरेको हो।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २०मा सकिँदै छ। संवैधानिक व्यवस्थाअनुसार रिक्त हुने पदमा ३५ दिन अगावै निर्वाचनमार्फत पदपूर्ति गरिनुपर्छ।
पुष १, २०७८ बिहीबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।