मुम्बईमा विवाह गर्ने रणवीर र आलियाको तयारी !
एजेन्सी : गसिप होला भन्दाभन्दै कटरिना कैफ र विक्की कौशलले विवाह गरे। यो बिचमा अंकिता लोखन्डे र विक्की जैनले पनि विवाह गरे। अब विवाहको चर्चा भइरहेको छ रणवीर कपूर र आलिया भट्टको। यी दुवैको विवाहको खबर आउन थालेको एक वर्ष भइसक्यो। तर पक्का भने हुन सकेको छैन।
फेरि यी दुवैले मुम्बईमा विवाह गर्न लागेको खबर आएको छ। दुवैले विवाहबारे केही बोलेका छैनन्। उनको परिवार पनि मौन नै छन्। तर उनीहरू निकट भन्दै केही अनलाइन पोर्टलमा यी दुवैको विवाह पक्का भएको दाबीहरू आइरहेका छन्।
उनीहरूले सन् २०२३ को पहिलो महिनामा विवाह गर्ने तयारी गरेको दाबीहरू सार्वजनिक भइरहेका छन्। उनीहरूले धेरै भिडभाड नगरी आफ्नो परिवारका सदस्यहरू मात्र भएर विवाहको तयारी गरेको र विवाह मुम्बई मै गर्ने तयारी भइरहेको दाबीहरू आइरहेका छन्।
आलिया भट्टका बुबा महेश भट्टको स्वास्थ्य त्यति राम्रो छैन। रणधिर कपुरको स्वास्थ्य अवस्था पनि मुम्बई बाहिर जान सक्ने नभएकाले यी दुवैले परिवारको इच्छा अनुसार मुम्बई मै विवाह गर्न राजी भएको बताइएको छ।
मंसिर २९, २०७८ बुधबार २३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।