अभिनेत्री केकीको बिहेबारे चिन्ता : यो जुनीमा मङ्सिर आउँला जस्तो छैन
काठमाडौँ : विवाहको मौसम अनि अविवाहित अभिनेत्री। जिज्ञासा उही बिहेको। विवाह कहिले गर्ने त्यो व्यक्तिको छनौटको विषय हो। तै पनि पब्लिक फिगर भएपछि फ्यानहरूमा चासो हुने भइहाल्यो।
त्यसैले अति निजी विषय भए पनि प्राय अविवाहित अभिनेतृहरूले विवाह कहिले गर्ने भन्ने प्रश्नले छाड्दैन। उनीहरू कहिले आफ्नो उमेर नभएको भन्दै पन्छिन्छन् त कहिले योग्य केटा नै फेला नपरेको भनेर तर्किन्छन्। भर्खर करिअर सुरु भएको छ कहाँ बिहेको कुरा गरेको भन्नेहरू पनि हुन्छन्।
तर आफ्ना साथी सर्कलले धमाधम विवाह गरेपछि भने अभिनेत्रीहरूलाई चासो लाग्ने रहेछ विवाहको। अभिनेत्री केकीलाई पनि त्यही भए झैँ देखियो। उनका समकक्षी अभिनेत्रीहरूले विवाह गरिसकेका छन्। बाँकी उनी नै हुन्।
प्राय सञ्चारकर्मीहरूले उनलाई विवाहबारे प्रश्न सोधेर उनका धारणा बाहिर ल्याउन सघाउँथे। हिजोआज कार्यक्रम नभएर हो या सञ्चारकर्मी नभेटेर हो केकी आफैँले विवाह सम्झिएकी छिन् महिनाको बहानामा। उनले इन्टाग्राममा सुन्दर तस्बिर राख्दै लेखेकी छिन्' ‘मङ्सिर पनि जान लाग्यो त।’
अब मङ्सिर विवाहको सिजन हो भनेर सम्झाउनु त पक्कै नपर्ला।
उनको तस्बिरमा प्रतिक्रियाहरू पनि रमाइला-रमाइला आएका छन्। एक प्रशंसकले लेखेकी छिन्'डल्ली माया पिर नगर अर्को वर्ष फेरि आइहाल्छ नि।'
अर्को प्रतिक्रिया छ' माघ १ आइहाल्छ नि मायालु। सन्तोष मोटेले लेखेका छन्' खै त बिहे भएको तपाइको?'
बिग ब्वाय अशोकले लेखेका छन्' त्यस्ता मङ्सिर त कति आउँछन्, जान्छन् तर हजुरको मङ्सिर यो जुनीमा आउला जस्तो छैन।'
मंसिर २९, २०७८ बुधबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।