माओवादीको कर्णाली सम्मेलन : बल्ल अध्यक्ष चयन, पदाधिकारी टुङ्गिन बाँकी
सुर्खेत : नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सम्मेलन सुरु भएको पाँच दिनमा अध्यक्ष चयन भएको छ।
वीरेन्द्रनगरमा शनिबारदेखि जारी माओवादीको प्रदेश सम्मेलनले अध्यक्षमा विमला केसीलाई निर्विरोध चयन गरेको हो।
केसी यसअघि कर्णालीको प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी थिइन। १० वर्षे जनयुद्धमा भूमिगत भएकी केसी दुई पटक हिरासत बसेकी थिइन्।
केसी रूकुमपश्चिमबाट निर्वाचित माओवादी सांसद हुन्। माओवादी सम्मेलनले अध्यक्षको टुङ्गो लगाए पनि बाँकी पदाधिकारी अझै टुङ्ग्याएको छैन।
अन्य पदाधिकारीको लागि छलफल चलिरहेको अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य जगत ढकालले बताए। सम्मेलनले मंगलबार २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो।
मंसिर २९, २०७८ बुधबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।