कांग्रेस सभापतिमा शेरबहादुर
काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले जितेका छन्। मत गणनामा ३ हजार ८ सय १९ मत गन्दा देउवाले सभापती जितेका हुन्। उनले २ हजार २ सय ८८ मत ल्याइसकेका छन्। देउवालाई पछ्याइरहेका शेखर कोइरालाले १५०१ मत पाएका छन्।
राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो। राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो। दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो।
दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी कल्याण गुरुङले समर्थन गरेका थिए। नेतृत्व परिवर्तन भन्दै उम्मेदवारी दिएकाले पुरानै नेतृत्वलाई समर्थन गरेपछि उनीहरूको आलोचना भइरहेको छ।
मंसिर २९, २०७८ बुधबार ०२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।