यसरी हुँदैछ कांग्रेस सभापतिको मत गन्ने काम
काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना सुरु भएको छ । निर्वाचन समितिले १० बजेबाट गणना सुरु गर्ने बताए पनि डेढ घण्टा ढिला गणना थालेको हो।
मतदान सकिए लगत्तै सुरक्षाकर्मीले मत रहेको ट्याङ्की जम्मा गरेर सुरक्षा घेरामा राखेका थिए। अहिले टाङकीबाट मतपत्र झिकेर मिलाउने काम भइरहेको छ।
दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्।
मंसिर २८, २०७८ मंगलबार २३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।