देउवा-प्रचण्डको सम्बन्धबारे आरजूले भनिन् : प्रचण्डसँगको फ्रेन्डसिप मलाई पचाउन गाह्रो भयो

देउवा-प्रचण्डको सम्बन्धबारे आरजूले भनिन् : प्रचण्डसँगको फ्रेन्डसिप मलाई पचाउन गाह्रो भयो

काठमाडौँ : नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा आइपुगिन् सभापतिका उम्मेदवार शेरबहादुर देउवाकी श्रीमती आरजु राणा। मतदान स्थलमा आइपुगेकी उनीसँग सञ्चारकर्मीहरूले देउवाको आनीबानीबारे कुराकानी गरे। उनले पनि मजाले खुलेर देउवाको आनीबानी र राजनीतिक सोचबारे कुरा गरिन्।

उनले देउवाबारे यसो भनिन् :

उहाँलाई फिलोसफी र हेल्थ सम्बन्धी पुस्तक मन पर्छ। डाक्टर बन्न खोजेको हो क्यारे। भएन। उहाँलाई हेल्थबारे सबै जानकारी हुन्छ। एक्सपर्ट भने पनि हुन्छ।

उहाँमा सबैलाई सहयोग गर्ने बानी छ। उहाँ कसैप्रति  पूर्वाग्रह राख्नुहुन्न। उहाँ गृहमन्त्री भएपछि मैले हिजो जेल पर्दा प्रहरीले यातना दिएको थियो। अहिले गृहमन्त्री भएर प्रहरी देख्दा कस्तो लाग्छ भनेर सोधेकी थिए।

उहाँले यु नो ह्वाट भन्दै  त्यो बेला उसको ड्युटी नै त्यही थियो। नि जानाजान गरेको हो र भन्नुभयो। उहाँ र प्रचण्डकै सम्बन्ध हेरौँ न। उहाँ र प्रचण्डको कस्तो मारामार थियो। एक जनाले मार्ने प्रयास गरेको अनि अर्कोले टाउकोको मूल्य तोकेको।

आज उहाँहरू वेस्ट फ्रेन्ड्स हुनुहुन्छ। त्यो मलाई पचाउन धेरै गाह्रो भएको थियो। तर उहाँले अभिनय गरेको हैन। उहाँको स्वभावै त्यस्तै छ। पास्टको कुरा सकियो भन्नुहुन्छ।

उहाँ बोलीलाई लिएर पनि बेलाबेलामा कुरा हुन्छ। उहाँसँग मेरो विवाह हुँदा उहाँ ४९ र म ३८ वर्षको थिए। उहाँको मात्रै हैन सुदुरपश्चिमकाहरुले त्यसरी नै बोल्छन्। धेरै नबोल्ने। छोटो बोल्ने।

उहाँको अङ्ग्रेजी राम्रो छ। कुनै भयानक भाषण सबैले बुझ्छन्। बोल्ने उहाँको मुडमा भर पर्छ।

मंसिर २८, २०७८ मंगलबार २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।