४ हजार मत गन्दा देउवाले बढाए मतान्तर

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले अग्रता जारी राखेका छन्।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणनाको पछिल्लो विवरण अनुसार देउवाले प्रतिस्पर्धी डा.शेखर कोइरालाको भन्दा ४३३ मत धेरै ल्याएर अग्रता कायम राखेका हुन्। ४ हजार मत गणना हुँदा देउवाले १९ सय मत प्राप्त गरेका छन्।
सभापतिका उम्मेदवार कोइरालाले १४६७ मत पाएका छन्। सभापतिका अरू उम्मेदवार प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधिले २३० मत ल्याएका छन्। सभापतिका उम्मेदवार कल्याण गुरुङले २० मत पाएका छन्।
मंसिर २८, २०७८ मंगलबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।