सभापतिमा देउवाले १७९८ मत पाउँदा कोइरालाले ल्याए १४१३  

सभापतिमा देउवाले १७९८ मत पाउँदा कोइरालाले ल्याए १४१३  

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले अग्रता जारी राखेका छन्।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनाको पछिल्लो विवरण अनुसार देउवाले प्रतिस्पर्धी डा.शेखर कोइरालाको भन्दा ३८५ मत धेरै ल्याएर अग्रता कायम राखेका हुन्। ३ हजार ७७९ मत गणना हुँदा देउवाले १७९८ मत प्राप्त गरेका छन्। 

सभापतिका उम्मेदवार कोइरालाले १४१३ मत पाएका छन्।

मंसिर २८, २०७८ मंगलबार ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।