आज संसद् बैठक बस्दै: ६ अध्यादेश पेश हुने
काठमाडौंः संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। आज हुने संसद् बैठकमा विभिन्न ६ अध्यादेश पेश हुने कार्यसूची रहेको छ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद् बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश टेबुल हुनेछ।
यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र रेल्वे अध्यादेश टेबुल गर्ने कार्यसूचीको तयारी भएको पाण्डेले जानकारी दिए।
मंसिर २८, २०७८ मंगलबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।