ब्रोकन म्यारिजबारे कुरा भएपछि अभिनेत्री दिया रिसाइन्

ब्रोकन म्यारिजबारे कुरा भएपछि अभिनेत्री दिया रिसाइन्

काठमाडौँ : प्रतिभाको प्रतिभा के के हो भन ? भन्दै र्यापर लाहुरेले कुरा सुरु गरे। रोडिज्मा आएकी थिइन् प्रतिभा। जज दियाले नायक हुन मन छ तिमिलाई भन्दै सोधिन्' तिम्रो एन्सरहरुमा एकदम कन्फ्युजन देखिराछ केटाहरूलाई लिएर त्यो के हो?'

उनले सामाजिक प्रभावका कारण आफूमा यस्तो सोच बनेको बताइन्। नोकझोक कुरा भयो। प्रतिभाले उत्तर दिँदै गइन्। उनी जवाफ दिँदादिँदै ब्रोकन म्यारिजको कुरामा पुगिन्।

ब्रोकन म्यारिजको कुरा सुरु भएसँगै अभिनेत्री दिया रिसाइन्। ब्रोकन म्यारिजबारे कुरा गर्दा उनलाई मन नपरेको प्रस्टै देखिएको थियो। उनको पहिलो विवाह हो। तर उनले जसलाई जीवन साथीको रूपमा चयन गरिन् अभिनेता अनि निर्देशक अनुप बराल चैँ ब्रोकन म्यारिज हो। उनको पहिलो विवाह असफल भएपछि उनले दियासँग विवाह गरेका थिए।

उनी त्यसैले टेम्परमा आइन् या अन्य केही कारण थियो त्यो त उनी नै जानिन्। तर उनी रिसाउन चैँ 'सुन केटी' भन्दै रिसाएकी नै हुन्। उनले गजबका कविता सुनाइन्। मन पर्ने लेखक भनिन्। सबै सुनेर उनलाई प्रोत्साहन गर्नुको साटो डिप्रेसनमा गएको भन्दै अस्वीकार गरे जजहरूले।

मंसिर २७, २०७८ सोमबार २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।