मतदानको शक्ति: प्रधानमन्त्रीदेखि खर्बपतिसम्मको नमस्कार पाउँदै कांग्रेसका प्रतिनिधि

मतदानको शक्ति: प्रधानमन्त्रीदेखि खर्बपतिसम्मको नमस्कार पाउँदै कांग्रेसका प्रतिनिधि

काठमाडौंः नेपाली कांग्रेसको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवादेखि देशकै एक मात्र खर्बपति विनोद चौधरीसम्मले दौडधुप गरिरहेका छन्। देउवा पार्टी सभापतिको उम्मेदवार हुन् भने चौधरी मधेशीतर्फ केन्द्रीय सदस्यको उम्मेदवार हुन्।

यति बेला कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई भने उत्सव छाएको छ। उत्सव महाधिवेशनको मात्र होइन, महाधिवेशनमा पाएको सम्मानले पनि हो। 

देशकै प्रधानमन्त्रीदेखि देशकै एक मात्र खर्बपतिको नमस्कार पाइरहेका छन् उनीहरूले। यस्तै सभापतिका अन्य उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंहलाई पनि महाधिवेशन प्रतिनिधिलाई नमस्कार गर्दै भ्याइनभ्याइ छ।रक्षा मन्त्री मिनेन्द्र रिजाल उनीहरुकै वरिपरी घुमिरहेका छन्।

गृहमन्त्री बालकृष्ण खाँणले नी हात जोडेकै छन्।

मंसिर २७, २०७८ सोमबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।