कन्फिडेन्ट देखिए प्रकाशमान, शेखर पनि उस्तै

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका दुई बलिया उम्मेदवार हुन् शेखर कोइराला र प्रकाशमान सिंह। कल्याण गुरुङ र विमलेन्द्र निधिपछि मतदान केन्द्र पुगेका यी दुई दावेदार आआफ्नो पक्षमा महोल बनाउन अझै प्रयासरत छन्।
प्रकाशमान र शेखर दुवै प्यानलसहित सभापतिमा भिड्दैछन्। यता निवर्तमान सभापति शेरबहादुर देउवा मतदान केन्द्र आएकै छैनन्। उनी पनि बलियो प्यानलसहित सभापतिको दौडमा छन्।
उम्मेदवारी दर्ता गर्न जाँदा शक्ति प्रदर्शनसहित गएका प्रकाशमान आज मतदान केन्द्रमा पनि कन्फिडेन्ट देखिएका छन्। उनी दलबलसहित मत माग्दै यता उता गरिरहेका छन्।
शेखर कोइराला प्रकाशमानको तुलनामा कम सक्रिय देखिए। तथापि उनको प्यानल र उनको पक्षमा महोल भने गरम नै छ।
मंसिर २७, २०७८ सोमबार १०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।