लमजुङमा आज बिहानै भूकम्पको धक्का

लमजुङमा आज बिहानै भूकम्पको धक्का

काठमाडौंः लमजुङ जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको बाहुनडाँडा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्प ३.६ म्याग्निच्युटको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

यसअघि पनि केही महिनाअघि लमजुङमा भूकम्प गएको थियो। हाल भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन। 

यो भूकम्प पनि गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ। 

मंसिर २७, २०७८ सोमबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।