द भोइसमा कोचकै रुवाबासी, अधिकारको दुरुपयोग

द भोइसमा कोचकै रुवाबासी, अधिकारको दुरुपयोग

शुक्रबाटबाट सुरु भएको ब्याटलमा कार्यक्रबाट बाहिरिनुपर्दा कलिला प्रतियोगी त रोए नै तर प्रतियोगिताको नियम थाहा भएका कोच पनि सँगसँगै रोएको चैँ टिआरपीको खेल हो कि साँच्चिकै छुटाउन मुस्किल।

यस्तै देखियो शुक्रवार र शनिवारकै ब्याटल राउन्डमा। कोच मिलन र राजु प्रतियोगीसँगै रोए। प्रविशा र प्रमोदले सामान्य रूपमै लिए।

ब्याटल राउन्डमा कोचले आफ्नै टिमका तीन प्रतियोगीबिच प्रतिस्पर्धा गराएर एक जनालाई अगाडि बढाउन पाउँछन्। सोही अनुसार दुवै एपिसोडमा चारै जना कोचले ६ प्रतियोगीलाई प्रतियोगितामा भिडाएर २-२ जना छाने।

शुक्रवार ती बालिकामध्ये एक जनालाई छान्नुपर्दा कोच मिलन' बेकारमा कोचको कुर्सीमा बसिछ भन्दै रोइन्। तीनै जना कोचले उनलाई सम्झाउनुपर्यो। बल्ल उनले १ जना छानिन्। तर शनिवारको एपिसोडमा भने उनले सहजै छानिन्।

शनिवार भावुक हुने पालो कोच राजुको। उनले बढो मुस्किलले तीनमध्ये एक जना छाने। उनी आँसु पुछ्दै थिए। प्रतियोगी चिच्याएर रुदै थिए।
कार्यक्रमको अर्को नियम छ स्टिल। यसमा कुनै कोचले नछानेको प्रतियोगीलाई अर्को कोचले छान्न पाउँछ। जम्मा २ जना। यो नियम राम्रो प्रतियोगी बाहिरिने अवस्था आए अर्को कोचले जोगाउन राखिए पनि प्रतियोगितामा भने एक कोचले अर्को कोचको मन राख्न स्टिल गरेरै देखियो।

शुक्रवार कोच मिलन रोएपछि बाहिरिएका प्रतियोगीलाई कोच राजुले स्टिल गरे। आज राजुको टिमबाट बाहिरिएकालाई मिलनले। आज चैँ कोच प्रमोदले नि स्टिल गरे। प्रतियोगिताका अनुभवी कोच प्रमोद यस्तो मामलामा भावना भन्दा पनि प्रतिभालाई धेरै ख्याल गर्छन्। हेरौँ अब आगामी ब्याटल राउन्डमा के-के दृश्य देखिने हो। रियालिटी शो का रियल न्युजका लागि ukeraa.com पछ्याई रहनु होला।

मंसिर २६, २०७८ आइतबार ०२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।