कांग्रेसका उम्मेदवार: श्रीमान्-श्रीमतीदेखि ज्वाइँ-ससुरासम्म 

कांग्रेसका उम्मेदवार: श्रीमान्-श्रीमतीदेखि ज्वाइँ-ससुरासम्म 

प्रकाशशरण संस्थापन प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्दा रामशरण संस्थापनइतरबाट सदस्यमा उम्मेदवार बनेका हुन्। 

नुवाकोटका महत दाजुभाइ जिल्लासम्मको अधिवेशनमा एउटै प्यानलमा थिए। उनीहरूको प्यानलबाट रमेश महत जिल्ला सभापतिमा निर्वाचित भएका छन्। तर, प्रदेश अधिवेशनमा महत दाजुभाइ छुट्टाछुट्टै प्यानलमा लागे। 

प्रकाशशरण सुरुदेखि नै शेरबहादुर देउवाको प्यानलमा छन् भने रामशरण तत्कालीन संस्थापन र अहिलेको संस्थापनइतर प्यानलमा छन्। 

श्रीमान्-श्रीमती उम्मेदवार

शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिँदा उनकी श्रीमती आरजु राणा देउवाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। यस्तै पदाधिकारीका लागि शेरबहादुर देउवासँग घुर्की लगाएका गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा उनकी श्रीमती मञ्जु खाँणले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। 

मञ्जुले खसआर्यतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्। दुवै जोडी संस्थापन पक्षका हुन्। संस्थापनइतरबाट कमला पन्तले महिला सहमहामन्त्रीमा उम्मेदवारी दिएकी छन् भने श्रीमान् मधु आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। 

ज्वाइँ-ससुरा उम्मेदवार

नुवाकोटकै अर्जुननरसिंह केसीले यो महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा उनका ज्वाइँ गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। १३औं महाधिवेशनमा यी ज्वाइँ-ससुरा छुट्टाछुट्टै प्यानलबाट महामन्त्रीमा चुनाव लडेका थिए। 

१३औं महाधिवेशनमा केसी देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए भने गगन कृष्ण सिटौला प्यानलबाट उम्मेदवार थिए। ज्वाइँ ससुरालाई पराजित गरेर महामन्त्रीमा निर्वाचित डा. शशाङ्क कोइरालाले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। 

विभाजित कोइराला परिवार 

कोइराला परिवार पनि १४औं महाधिवेशनमा विभाजित देखिएको छ। सुजाता कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छिन्। 

कोइराला परिवारकै डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिँदा सुजाताले शेखरलाई छोडेर प्रकाशमानको प्यानल रोजेकी हुन्। 

१३औं महाधिवेशनसम्म एउटै प्यानलबाट चुनाव लड्दै आएको कोइराला परिवारमा सुजाताले विद्रोह गरेकी छन्।
 

मंसिर २५, २०७८ शनिबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।