एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, १५ वटा कार्यसूचीमाथि छलफल हुने
काठमाडौंः नेकपा (एमाले)को दोश्रो केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा बैठक बस्ने भएको हो।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुनेछ। महाधिवेशनको समीक्षा, बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयनलगायतका विषय समेटिने तामाङले बताए।
यस्तै १ बजेको केन्द्रीय कमिटी बैठकअघि ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको छ।
मंसिर २५, २०७८ शनिबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।