बेलायती वैज्ञानिकको निष्कर्ष: दुई डोज खोपले मात्र जोगाउँदैन ओमिक्रोनबाट
एजेन्सीः बेलायती वैज्ञानिकहरूले ओमिक्रोनको सम्बन्धमा नयाँ निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट बच्न दुई डोज खोप अपर्याप्त हुन्छ।
यसअघि दक्षिण अफ्रिकी वैज्ञानिकहरूले ओमिक्रोनबाट हाल प्रयोगमा रहेका खोपले नै सुरक्षा दिने बताए पनि कति मात्रा खोप भन्ने स्पष्ट जानकारी दिइएको थिएन। यस्तै उनीहरूले अनुसन्धानको क्रममा फाइजरको खोपको अत्याधिक मात्राले ओमिक्रोन परास्त गर्न सफल भएको बताएका थिए।
हाल बेलायती वैज्ञानिकहरूको अनुसन्धानअनुसार तेस्रो बुस्टर डोजले ७५ प्रतिशत मानिसलाई सङ्क्रमणबाट जोगाउन सक्छ। अनुसन्धानबाट एस्ट्राजेनिका खोपको प्रभावकारिता ओमिक्रोनविरुद्ध कम रहेको पनि बताइएको छ भने फाइजरको प्रभावकारिता निकै न्यून रहेको बताइएको छ।
अन्य खोपको बारे भने अनुसन्धानले बताएको छैन।
मंसिर २५, २०७८ शनिबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।