ब्रेकअपपछि रोएको हल्ला फैलिएको भन्दै प्रिज्माले बलेसँग मागिन् माफी

ब्रेकअपपछि रोएको हल्ला फैलिएको भन्दै प्रिज्माले बलेसँग मागिन् माफी

काठमाडौँ : एक साता अगाडि एक कार्यक्रममा ट्विनी गर्ल्स प्रिन्सी र प्रिज्मा सहभागी भएका थिए। कुरा गर्दागर्दै पुरानो प्रेम सम्झिएर प्रिन्सी कार्यक्रममै रोइदिइन्। उनले ती पूर्व प्रेमीलाई कहिल्यै माफ गर्न नसक्ने भनेकी थिइन्। कार्यक्रम सकिँदै लाग्दा प्रिज्मा पनि रोएकी थिइन्।

प्रारम्भमै यी दुवै दिदी बहिनी देख्दा दर्शक झुक्किन्छन् नै। अहिले पनि सँगै आउँदा कुन प्रिज्मा अनि कुन चैँ प्रिन्सी भनेर अलमल हुन्छ नै।

हास्य कलाकार सागर लम्साल बलेसँग प्रेम सम्बन्ध भएको हल्ला चलेको प्रिन्सीको हो। प्रिन्सीले आफ्नो विगत कोट्याउँदै प्रेममा धोका पाएको खुलाएकी थिइन्। विगत सम्झँदा उनको आँसु रोकिएन। उनी रोइन्।

यही बेलामा बले र प्रिज्माविच ब्रेक अप भएको चर्चा चलिरहेको थियो। त्यही बेलामा रोएको समाचार सार्वजनिक भएपछि सबैले प्रिन्सीलाई प्रिज्मा नै भन्ठानेर बलेलाई भक्कु गाली गरे। उनले यति धेरै गाली खाए कि उनको बचाउमा प्रिन्सी र प्रिज्माले एक पत्रकार सम्मेलनमा प्रिन्सीले आफ्नो विगतको बारेमा कुराकानी गर्दा रोएको र बलेसँग प्रेम र ब्रेकअपको हल्ला आफ्नो भएको भन्दै प्रिज्माले भ्रममा नपर्न आग्रह गरिन्।

'हाम्रो त्यस्तो सम्बन्ध थिएन। तै पनि प्रेम भएको देखि विवाहको मिति समेत तोकिदिएका थिए। र अहिले ब्रेकअपको हल्ला भयो। अहिले आएर प्रिन्सी रोएको समाचार सार्वजनिक भएपछि धोका दिएको भनेर सागर लम्सालजीले गाली खानु भएछ। सागरजीको सम्बन्धको हल्ला म प्रिज्मासँग हो प्रिन्सीसँग हैन। म यसका लागि सागरजीको प्रशंसकहरूसँग माफी चाहन्छौँ,' प्रिज्माले पत्रकार सम्मेलनमा भनिन्।

टाइटलले धेरै दुख दिन्छ

पत्रकार सम्मेलनमा प्रिज्माले अन्तर्वार्ता एक खालको लिने तर बोल्दै नबोलेको विषय टाइटल राखिदिने गरेको भन्दै गुनासो गरेका थिए। उनीहरूले कलाकार र मिडियाको सम्बन्ध नङ र मासुको सम्बन्ध हुने भए पनि नबोलेको कुरा हेडलाइनमा राख्दा हटाउन आग्रह गर्दा पनि नहटाउने गरेको उनीहरूले बताएका थिए।

यी दुवै जना टिकटकबाटै उदाएका कलाकार हुन्। तर अहिले भने उनीहरू आफैँ टिकटबाट पीडित भएका रहेछन्। टिकटकमा भिडियो आधा काटेर राखिदिएर भ्रम फैलाउने काम गरिएको उनीहरूको दाबी छ। पछिल्लो समय टिकटकमा लाइक र भ्युजको प्रतिस्पर्धा भएकाले नचाहिने क्लिप राखेर लाइक कमाउने प्रवृत्ति बढेको बताएका थिए।

मंसिर २४, २०७८ शुक्रबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।