कुनैबेला गाँजा सहित समातिएका गायक सुगमले आइडलका प्रतियोगीलाई सोधे 'गाँजा तान्नु भा'छ?'

कुनैबेला गाँजा सहित समातिएका गायक सुगमले  आइडलका प्रतियोगीलाई सोधे 'गाँजा तान्नु भा'छ?'

चोथौँ सिजनमा तीनै जना जज बदलिएर यस पटकबाट शम्भुजित बास्कोटा, सुगम पोखरेल र शीवानी मोक्तान आएका छन्। यसको रोचक एपिसोड नै प्रारम्भिक छनौट चरण हुन्। पहिलो छनौट चरणमा जजहरूको प्रस्तुति हेर्दा राम्रै तयारी गरेको देखियो। बास्कोटा जम्ने लक्षण देखाइसके।

छनौट चरणका सहभागीको पृष्ठभुमीसहितको परिचयले कार्यक्रमलाई निकै रोचक बनाउँछ। पहिलो एपिसोडमा त्यस्तै रोचक पात्र आए। पहिलो प्रतियोगी  लक्ष्मी पौडेल एक पुजारी परिवारकी सन्तान जसले भजनबाटै गायन थालेकी थिइन्। उनले कार्यक्रमको प्रारम्भ पनि गणेश वन्दनाबाट गरिन्।
 
सुरिलो स्वरमा 'फुलको थुङा' गाएपछि जजहरूले कसरी नाइँ भन्नु। दोस्रो राउन्डका लागि छानिइन्। कानदेन लिम्बुले गाँजाबारे गीत गाइदिए। गितारसहित स्टाइलिस लयमा गीत गाएपछि सुगमले सोधे' गाँजा तान्नु भा'छ ? ' उनले नखाने बताए। सुगमले यता भन्यो भने त परिवारले थाहा पाउँला भनेर जिस्काउँदै भने' मैले गीतसँग रिलेट मात्र गर्न खोज्या।

पहिला सुगम गाँजाको अम्मली भएर पछि छाडेका हुन्। अम्मतल मुक्त भएपछि उनले अन्तर्वार्तामा खुल्ला रुपमा आफ्नो अम्मल स्विकार गरेर अन्यलाई जोगिन सुझाव दिएका थिए।

यी दुबैविच गाँजाबारे गफ भइरहँदा विचैमा सङ्गीतकार शम्भुजितले सुझाव दिए ' गाँजा तान्दै नतान्नु है।'

पहिलो एपिसोडबाट जति छानिएका छन् ती आशालाग्दा नै छन्। जज नयाँ भए पनि कार्यक्रम हेर्न मजा आउने लक्षण देखियो। 

मंसिर २४, २०७८ शुक्रबार ००:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।