कारिगर तथा फेसन डिजाइनरहरूको आर्टिसन विन्टर फेस्ट
यसमा स्थानीय कारिगर तथा फेसन डिजाइनरहरूको कला प्रस्फुटन गर्ने र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्य रहेको हबले विज्ञप्ति निकालेर जानकारी दिएको हो।
होटेल साङ्ग्रिला ब्लुमा मङ्सिर २५ गते शनिबार आयोजना गरिने कार्यक्रममा स्थानीय कारिगर तथा फेसन डिजाइनरहरूले स्थानीय सामग्री प्रयोग गरी तयार पारेका विभिन्न लुगा, गरगहना, खानेकुराहरूको प्रदर्शनी गरिनेछ।
कोभिडका कारण विश्व नै आक्रान्त बनेको र ठुला–ठुला व्यवसायीहरू समेत समस्या परेको हालको अवस्थामा साना व्यवसायी तथा कारिगरहरू अझ बढी मर्कामा परेको कारण उनीहरूलाई केही साहस र साथ दिनको लागि यो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ।
मंसिर २३, २०७८ बिहीबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।