आज दुलही बन्दैछिन् कटरिना, दुई वर्षदेखि चलेको थियो विक्कीसँग प्रेम

आज दुलही बन्दैछिन् कटरिना, दुई वर्षदेखि चलेको थियो विक्कीसँग प्रेम

एजेन्सीः बलिउड अभिनेत्री कटरिना कैफ आज दुलही बन्दैछिन्। आजको मितिबाट बलिउडकै अभिनेता विक्की कौशल उनका श्रीमान् बन्दैछन्। 

तर कटरिना र विक्कीले दुई वर्ष यता प्रेममा रहे पनि सम्बन्धबारे भने खुलाएका थिएनन्। प्रेम त खुलाएनन् खुलाएनन्, कटरिनाले हालसम्म पनि आफ्नो विवाहको आधिकारिक जानकारी दिएकी छैन। उनी विवाहको बारेमा मौन छिन्। 

कटरिनाले पुरानो अन्तर्वार्तामा भने 'भगवानको मर्जी भएपछि विवाह गर्छु' भनेकी थिइन्। उनले प्रेममा पर्नु र विवाह गर्नु भाग्यको खेल रहेको पनि बताएकी थिइन्। सायद भगवान र भाग्यले एकै पटक साथ दिएर होला कटरिना मौन छिन् तर विवाहको भव्य तयारीमा छिन्। 

मंसिर २३, २०७८ बिहीबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।